Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सावित्रा भण्डारीले युरोपेली क्लबबाट फुटबल खेल्ने



विराटनगर : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् ।

इजरायली क्लब हापोइल रानान महिला फुटबल क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रालाई टिममा अनुबन्ध गरेको जनाएको हो ।

“हेन्ड्रीमा स्वागत छ सावित्रा । लामो समयको निरन्तर छलफलपछि प्रभावशाली नेपालीसँग आधिकारिक सम्झौता भएको छ,” सावित्रासँग सम्झौता गरेपछि रानानले सामाजिक सञ्जालमा लेखेको छ ।

सशस्त्र प्रहरी बलमा जागिरे सावित्राले घरेलु लिग एपीएफ क्लबबाट खेल्दै आएकी छिन् । उनले यसै सिजन इन्डियन वुमन्स लिगमा गोकुलम केरला एफसीलाई उपाधि दिलाएकी छिन् । उक्त प्रतियोगितामा सावित्राले २९ गोल गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार