Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक



काठमाडौं : सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको लोगो सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार २०२६ को विश्वकपको लोगो सार्वजनिक गरेको हो ।

सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त आयोजना हुनेछ । यस संस्करणको विश्वकपको १६ खेल स्थल पनि सार्वजनिक भएको छ ।

अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ स्थानमा विश्वकपका खेलहरु सञ्चालन हुनेछ ।

यस संस्करणको फाइनल खेल २०२६ को जुलाई १९ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार