Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाई १० ले जित्यो वडा स्तरीय फुटबलको उपाधि



विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा वडा नम्बर ५ लाई २–१ गोलले हराउँदै १० नम्बरले उपाधि हात पारेको हो ।

जितसँगै वडा नम्बर १० ले नगद ५१ हजार प्राप्त गरेको छ । उपविजेता बनेको ५ नम्बरले नगद ३१ हजारमा चित्त बुझाएको छ ।

यस्तै फाइनलको अवसरमा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको छ । फाइनल खेलको म्यान अफ द म्याज रतुवामाई १० का जीवन धामी घोषित भएका छन् । उनले १५ सय रुपैँया प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी १० नम्बरका अमित बेस्रा, सर्वाधिक गोलकर्ता रतुवामाई ६ का उपेन्द्र कार्की, उत्कृष्ट गोलकिपर १० नम्बरका सबिन श्रेष्ठ, उत्कृष्ट फरवार्ड रतुवामाई १० का अमित राई, उत्कृष्ट मिडफिल्डर रतुवामाई ५ का मोहमद समसेर र उत्कृष्ट डिफेन्डर रतुवामाई ५ का मोहम्मद ओषिद घोषित भए । उनीहरुले जनही १५÷१५ सय रुपैयाँ प्राप्त गरेका छन् ।

शान्ति युवा क्लब रतुवामाई १० को आयोजनामा गत बैशाख २२ गतेबाट सुरु भएको प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार