विराटनगर । टिभिएसले मोटरसाइकलको नयाँ शोरूम विराटनगर ४ को पीपलचौकमा सञ्चालनमा ल्याएकाे छ ।
टिभिएसले प्रदेश १ लाई लक्षित गरी मंगलबार एउटा कार्यक्रम आयोजना गरेर शोरूम उद्घाटन गरेको हो । नयाँ शोरूमबाट टिभिएस कम्पनीका सबै खाले मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्ने व्यवस्थापक गोविन्द पोखरेलले जानकारी दिए। प्रदेश १ का प्रवन्धक अमृत चौहानका अनुसार शोरूममा १३ वटा मोडलका मोटरसाइकल, एउटा मोडलको मोपेड र ८ वटा मोडलका स्कुटर छन्।
अहिले मोटरसाइकल खरिद गर्नेलाई हेल्मेट, लेगगार्ड, ब्याक कभर, चाबी रिङ र छुटको व्यवस्था राखिएको छ।
टिभिएसको प्रदेश १ को आधिकारिक बिक्रेता पार्श्वनाथ डेभलपर प्रालि रहेको छ।