Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराट गोल्डकप: फाइनल प्रवेशका लागि साविक विजेता एपीएफ र लुका सकर भिड्दै



विराटनगर : विराटनगरमा जारी सातौँ संस्करणको विराट गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा आज साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लब र भारतको लुका सकर भिड्ने भएका छन् । खेल शहिद रंगशालमा मंगलबार साँझ ६ः४५ बजेबाट सुरु हुने छ ।

एपीएफले भुटानको ड्रक लयुल क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षि गरेको थियो भने लुका सकरले संकटा क्लबलाई सडनडेथमा हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

यसअघि सोमबा। भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–१ गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी एफसी फाइनलमा प्रवेश गरेको छ ।

उपाधिका लागि आजको विजेता टिमले चैत १६ गते विराटनगरसँग सामना गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार