काठमाडौं : भारतीय कांग्रेसका राहुल गान्धीलाई मानहानीको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको भाेलिपल्टै संसद सदस्यका लागि अयोग्य घोषित गरिएको छ।
चार वर्ष पुरानो एक आपराधिक मानहानीमा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको हो।
सन् २०१९ मा गान्धीले भाषण गर्दा सबै चारहरुले कसरी मोदीलाई उपनामको रुपमा राख्छन् भनेका थिए। बीबीसी हिन्दीले लेखेको छ, ‘यो मुद्दा राहुल गान्धीले ‘मोदी उपनाम’को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ जसमा उनले नीरव मोदी, ललित मोदी र अन्यको नाम लिएका थिए र भनेका थिए, ‘सबै चोरहरूले कसरी मोदीलाई उपनामको रूपमा राख्छन्?’
