Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अन्जन र अरुणालाई वर्ष खेलाडी अवार्ड



काठमाडौं। फुटबलर अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी अवार्ड जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एन्एसजेएफ)ले मंगलबार आयोजना गरेकोे ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ मा पुरुषतर्फ अन्जन र महिलामा अरुणा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै अवार्ड जितेका हुन् । अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन मद्दत गरेका थियो ।
विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोटअन्तर्गत समूह ‘बी’ मा चाइनिज ताइपेइबिरुद्ध उनले ऐतिहासिक गोल गरेका थिए । १३औं साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशबिरुद्ध पनि उनले गोल गरेका थिए । यस्तै उनी एनएसलमा सर्वश्रेष्ठ फरवार्ड चुनिएका थिए। अवार्डसँगै उनले बजाज पल्सर मोटरसाइल प्राप्त गरेका छन् ।
त्यस्तै वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी छन । वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पादै अवार्ड हात पारेकी हुन् । अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि जितेको थियो ।
अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरेकी छन् । पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् । उषाले मनोनयनमा परेका फुटबलका अञ्जन बिष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा बिष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य उषाले नेपालमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य थिइन । उहनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् ।
यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले ५० हजार रुपियाँ प्राप्त गरे ।
यस्तै स्पेसल अवार्डबाट ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियनत्रय सरादेवि तामाङ, नङ्सल तामाङ र रत्नजित तामाङका बुबाआमा दानबहादुर तामाङ र मायादेवि मोक्तान सम्मानित भए। आफ्नै प्रशिक्षणबाट दानबहादुरले आफ्ना सन्तानलाई ब्याडमिन्टन खेलाउन सुरु गरेका हुन् ।
यस्तै युवा खेलाडीको अवार्ड मनिष डाँगी (फुटबल)ले जितेकी छन् । अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एशियाकै हेभिवेट फुटबल राष्ट्र इराकबिरुद्ध उनले गरेको गोल उत्कृष्ट थियो । साफ फुटबल च्याम्पियन्सीपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सबिरुद्ध निर्णायक गोल गरेकी थिइन्। ओलम्पियन पारा खेलाडी पलेशा गोवद्र्धन श्रेष्ठले पारा एथलिट अवार्ड पाए ।
जापानमाको टोकियोमा भएको पारालिम्पिक्समा पनि पलेशाले दुई फाइट जितेका थिए। पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि उनी पहिलो खेलाडी हुन् । पलेशाले एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन।
बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजी मुनी क्याटागोरी ४४ मा स्वर्ण पदक जितेकी थिइन् । एसियन युथ पारामा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली हुन ।
यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी घोषित भए। अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एशियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो ।
उनकै प्रशिक्षणमा नेपाल एशिया कपको छनोटसम्म पुगेको थियो । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउन उनी टोलीका प्रमुख प्रशिक्षक थिए।
वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा अल्मुताइरीले भलिबलका जगदिशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव ह्वाटमोरलाई पछि पारे । अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड कतारका मोहम्मद हेजीलाँई प्रदान गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार