धरान । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २३औँ संस्करणको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ ।
धरान रंगशालामा शनिवार सम्पन्न फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई सुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो ।
एभिनियरको जितमा सब्बा अलीले खेलको ६५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधि विजेता एभिनियरले नगद १० लाख र उपविजेता काँकडभिट्टाले ५ लाख हात पारेका छन् ।
अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी फुटबल टिम एभिनियर फाइनलमा पुगेको थियो भने पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ क्लब युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनल खेल खेलेको हो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी काँकडभिट्टाका मिलन राई घोषित भए । उनले एक लाख नगद पुरस्कार पाए । फागुन १३ गते देखी भएको गोल्डकपमा ३ विदेशी सहित ८ टिमको सहभागिता रहेको थियो ।