Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

काँकडभिट्टा बुढासुब्बा गाेल्डकपकाे फाइनलमा



धरान । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टा उपाधि नजिक पुगेको हो । खेलमा काँकडभिट्टाका लागि सुशील राई, निशान लिम्बु र विदेशी खेलाडी यामीले एक एक गोल गरे ।
युकेएफसीका हेमराज भुजेलले १ गोल गरे । काँकडभिट्टाले अब उपाधिका लागि भोलि बिहीबार हुने एभिनियर फुटबल क्लब क्यामरुन र एन्फा मोरङ बिचको दोस्रो सेमिफाइनल विजेता सँग खेल्नेछ ।
प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । गोल्डकपको फाइनल खेल आगामी शनिवार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार