विराटनगर : प्रदेश नम्बर १ को नाम किराँत-लिम्बुवान-सगरमाथा राख्न प्रस्ताव पेस भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले उक्त नाम राख्न प्रस्ताव पेस गरेको हो ।
नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले प्रस्ताव गरेको उक्त नाममा जसपाकी सांसद निर्मला लिम्बू र नेकपा एसमा कमलप्रसाल जगेबुले समर्थन गरेका छन् ।