Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सातदोबाटो युथ क्लब केपी ओली कपको सेमिफाइनलमा प्रवेश



काठमाडौं : केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपमा सातदोबाटो युथ क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा स्थान बनाउन सफल भएको हाे। सातदोबाटोका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गरे भने पुलिसका लागि प्रविन थापाले सान्त्वना गोल गरे।

सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ। उक्त खेल शुक्रबार हुनेछ। राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले उपाधिसहित रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार