Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पुलिस क्लबका प्रिन्सले जिते पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि



विराटनगर : नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा आयोजित ‘लिनिङ १२ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता–२०२३ को एकलतर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधि जितेका छन् ।

नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयताभित्र रहेका पुरुष एकलतर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्सले उपाधि उचालेका हुन । प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उपाधि उचालेका हुन् । पहिलो सेट सहज जित निकालेका प्रिन्सले दोस्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई सुधार गर्दै २१–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पारेका थिए ।

MB2A51421676812603.JPG

विजयी भएबापत प्रिन्सले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै, उपविजयी प्रफुलले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्ने विष्णु कटुवाल र रुकेश महर्जनले क्रमश: १४ हजार र १२ हजार ५०० सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई पूर्वप्रधानमन्त्रीसमेत रहे‍का एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार