Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाई १ ले जित्यो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितको उपाधि



विराटनगर : मोरङको रतुवामाईमा जारी प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ ले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ६ लाई ४ विकेटले पराजित गर्दै १ नम्बरले उपाधि हात पारेको हो ।

वडा नम्बर ६ ले १९.३ अ‍ोभरमा सबै विकेट गुमाएर १२४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर १ ले १५.१ ओभरमा ६ विकेट गुमाएर ४ विकेटको जित हासिल गर्यो ।

वडा युवा तथा खेलकुद समिति रतुवामाइ ४ ले आयोजना गरेको प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको वडा नम्बर ६ ले ३० हजारमा चित्त बुझाएको छ ।

समितिका अध्यक्ष कुमार पौडेलका अनुसार प्रतियोगितमा १२ टिमको सहभागिता रहेको थियो । माघ २३ गतेबाट सुरु भएको क्रिकेट प्रतियोगितामा ५ लाख खर्च भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार