Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय



विराटनगर । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सहभागी एक सदस्य बताए ।

बलात्कारको अभियोग लागेपछि उनलाई गएको भदौ २३ गते निलम्बन गर्ने निर्णय क्यानले गरेको थियो ।गएको पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा भएका सन्दिपलाई खेलमा फर्काउन क्यानको बहुमत सदस्य सहभागी बैठकले निर्णय गरेको हो ।

सन्दिपको निलम्बन फुकुवा गर्ने निर्णय भएपनि मंगलबार नै महान्यायाधिवक्ता कार्यालयले उनलाई पुर्पक्ष थुनामै राखेर मुद्दामा अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार