Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हिसान स्पोर्टस् मिटका लागि खेल संयोजकहरूको जिम्मेवारी तोकियो



विराटनगर । उच्च मावि संघ (हिसान) मोरङले आगामि माघ १० गतेदेखि गर्ने हिसान स्र्पोटस् मिट २०७९ का लागि खेल संयोजकह«रू तोकेको छ ।
विराटनगरमा शुक्रबार बसेको हिसान मोरङको बैठकले स्र्पोटस् मिटमा हुने खेलका संयोजकहरूको जिम्मेवारी तोकेको हो । बैठकले क्रिकेटका लागि मनोज गुप्ता, फुटवलका लागि दिपेश बास्तोला, भलिबलका लागि भेषराज नेपाल, टेवलटेनिसका लागि खुसीराम श्रेष्ठ, बास्केटबलका लागि भुपेन्द्र दाहाल र दौड प्रतियोगिताको लागि शेखर ढकाललाई संयोजकको जिम्मेवारी दिएको हिसान मोरङका अध्यक्ष अमित ढकालले बताए । खेललाई व्यवस्थित गरी कार्यक्रमलाई प्रभावकारी र भव्य तवरले सम्पन्न गर्न जिम्मेवारी बाँडफाड गरिएको उनले बताए ।
स्र्पोटस् मिटमा विभिन्न ६ वटा खेलका प्रतियोगितामा मोरङका उच्चमाविबाट सयौ विद्यार्थी सहभागी हुनेछन् । खेलका लागि खेल मैदानहरू तय गरिसकेको अध्यक्ष ढकालले जानकारी दिए । हिसान मोरङले स्थापना कालदेखि नै हरेक वर्ष एकसाता लामो स्र्पोटस् मिट गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार