Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपाल टी-२० लिग : विराटनगर किङ्ग्सको पहिलो जित, पोखरा ६ विकेटले पराजित



तस्बीर : क्यान

विराटनगर : जारी नेपाल टी-२० लिगमा विराटनगर सुपर किङ्ग्सले पहिलो जित निकालेको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

बुधबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ खेलेको पोखराले सात विकेटको क्षतिमा विराटनगरलाई १ सय ३९ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १७.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो । विराटनगरलाई जिताउन हुसेन तलतको अविजित अर्धशतक खेले । उनले ३० बलमा ५० रन बनाए ।

यस्तै, ओपनर एन्ड्रे मकार्थी र अर्जुन साउदले क्रमशः २१ र २५ रन बनाउँदा विवेक यादव १४ रनमा अविजति रहे ।

बलिङतर्फ पोखराका लागि कुशल मल्ल र कप्तान शरद भेषवाकरले समान २–२ विकेट लिए ।

पोखराका लागि कुशलले १८ बलमा ३७ रनको आक्रामक इनिङ खेलेका थिए । सिद्धान्त लोहनीले २६ र उपुल थरंगाले १९ रन बनाए ।

विराटनगरका लागि हुसेन तलत र राज नाननले समान २/२ तथा नन्दन यादव,साहब आलम र कप्तान आन्द्र म्याकार्थीले समान १/१ विकेट लिए ।

जारी लिगमा विराटनगरले पहिलो जित निकाल्दा पोखरा भने सुरुआती चार खेलमा जितविहीन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार