Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अल्भारेजबारे मेस्सी भन्छन् – उनी अद्भुत र असाधारण खेलाडी हुन्



विराटनगर : अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फरवार्ड जुलियन अल्भारेजको तारिफ गरेका छन् । जारी विश्वकपको सेमिफाइनलमा क्रोएसिया विरुद्ध २२ वर्षीय खेलाडी अल्भारेजले दुई गोल गर्दै फाइनलमा पुग्न मद्दत गरेपछि मेस्सीले उनलाई अद्भुत र असाधारण खेलाडी भएको बताएका छन् ।

कतार विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिनालाई जित दिलाउन अल्भारेजले महत्वपूर्ण योगदान गरेका थिए । इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड अल्भारेजले विश्वकपमा हालसम्म ४ गोल गरिसकेका छन् । अर्जेन्टिनाका मेस्सी र फ्रान्सका केलियन एम्बाप्पेले समान ५५ गोल गरेका छन् ।

‘कसैले सोचेको थिएन कि जुलियनले विश्वकपमा यस्तो सहभागिता देखाउँछन्’, मेस्सीले भने, ‘अल्भारेजले हामीलाई दिनुभएको मद्दत बिल्कुल शानदार छ।’

उपाधिका लागि अर्जेन्टिनाले आइतबार फ्रान्सविरुद्ध खेल्दैछ । फ्रान्सले मोरक्कोलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार