Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कतारको फाइनल खेल मेरो अन्तिम विश्वकप : मेस्सी



विराटनगर : कतारमा आइतबार हुने फाइनलमा अर्जेन्टिनाले फ्रान्स वा मोरक्कोसँग खेल्दा लियोनल मेस्सीले विश्वकपको अन्तिम खेल खेल्ने बताएका छन् ।

मेस्सीले मंगलबार भएको सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए ।

मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेसँग कुराकानी गर्दै आइतबार हुने फाइनल खेल आफ्नो अन्तिम खेल भएको बताए । ‘यो उपलब्धि हासिल गर्न पाउँदा, फाइनलमा अन्तिम खेल खेलेर मेरो विश्वकप यात्रा समाप्त गर्न पाउँदा म धेरै खुसी छु’, मेस्सीले भने ।

‘अर्को विश्वकपको लागि धेरै वर्ष लाग्छ र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु र यसरी समाप्त गर्नु सबैभन्दा राम्रो हो’, अर्जेन्टिनाका कप्तान मेस्सीले थपे।

३५ वर्षीय मेस्सी डिएगो म्याराडोना र जाभियर मास्चेरानोलाई पछि पार्दै आफ्नो पाँचौं विश्वकप खेल्दै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार