Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेसँगको सहकार्य सकिएको जसपा अध्यक्ष यादवको घोषणा



विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् । ४ मंसिरको चुनावमा जसपाले एमालेसँग केही सिटमा तालमेल गरेको बताउँदै उनले भने ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्य सकिएको छ ।’
यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताएका छन् । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि यादवले बताए ।
४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार