विराटनगर : मोरङको क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका छन् । नेकपा एमालेका विनोद ढकाललाई ६ हजार १४९ हजार मतअन्तरले पराजित गर्दै मोदी निर्वाचित भएका हुन् ।
उनले ३० हजार ६१२ मत ल्याएका छन् । उनका निकटतम प्रनित्वनदी ढकालले २४ हजार ४६३ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका रवि रजिलाले ७ हजार ४ सय ६८ मत पाए ।
१ लाख १० हजार ९३ मतदाता रहेको मोरङ ४ मा ७४ हजार ७४४ मत खसेको थियो ।
जितसँगै तेस्रो पटक मोदी संसद भएका छन् । उनी २०७० को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक सभासदमा चयन भएका थिए । २०७४ मा उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।