Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यूएईसँग खेल्दै नेपाल, जित्नै पर्ने दबाब



विराटनगर । आज नेपालले यूएईसँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल्दैछ । पहिलो खेलमा यूएईसँग पराति भएको नेपाल सृङ्खलामा जित निकाल्नका लागि आज जित्नै पर्ने दबाबमा छ ।

तीन वर्षयता यूएईसँग निरन्तर पराजित नेपाल हारको शृखंला टुङ्गाउने योजनामा छ । सन् २०१९ जनवरी– फेब्रुअरीमा यूएई भ्रमणमै नेपालले पछिल्लो पटक यूएईलाई टी– २० आई र ओडीआई दुवैमा पराजित गरेको थियो । त्यसयता नेपालले यूएईलाई पराजित गर्न सकेको छैन ।

ओडीआईमा २०१९ पछि नेपाल यूएईसँग तीन खेलमा पराजित भइसकेको छ । क्रिकेट विश्वकप लिग टु अन्तर्गत गत मार्चमा यूएईमै भएको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

नेपाल र यूएईबीच ओडीआईमा अहिलेसम्म ७ खेल हुँदा यूएईले ५ खेल जित्दा नेपालले जम्मा २ खेल मात्र जितेको छ ।

पहिलो खेलमा रोहितले ओडीआईमा कप्तानी डेब्यु गर्दा हरिशंकर शाह र अर्जुन साउँदले ओडीआईमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार