Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विश्वकप क्रिकेटको फाइनल आज : उपाधिका लागि इंग्ल्यान्ड र पाकिस्तान भिड्दै



विराटनगर । टी–२० विश्वकप अन्तर्गत आज फाइनल खेल हुदै छ । फाइनल खेलमा पाकिस्तान र इंग्ल्यान्ड प्रतिष्पर्धा गर्दैछन् । फाइनल खेल नेपाली समय अनुसार दिउसो १ः४५ बजे देखि शुरु हुने छ ।

पाकिस्तानले सेमिफाइनलमा न्यूजील्याण्डलाई पराजति गर्दै फाइनल पुगेको हो भने इंग्ल्यान्डले भारतलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो । इंग्ल्यान्डले अहिलेसम्म एक पटक टी–२० विश्वकपको उपाधि जितेको छ ।

इंग्ल्यान्डले २०१० मा वेस्टइण्डिजमा आयोजित टी२० विश्वकपको उपाधि जितेको थियो । त्यस्तै २०१६ मा भारतमा आयोजित विश्वकप फाइनलमा वेस्टइण्डिजसँग पराजित हुदै उपविजेता बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार