Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजतन्त्र ब्युँतिदैनः नेता सिटौला



झापा । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताएका छन्।झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने बताए।

भद्रपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्नसमेत आग्रह गरे।

कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षभन्दा बढी उमेर समूहका नागरिकको निःशुल्क उपचार गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार