विराटनगर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेसकै मुद्दालाई केन्द्रमा राखेर चुनावी घोषणापत्र ल्याएको छ । महोत्तरीको जलेश्वरमा आइतबार सार्वजनिक गरिएको घोषणापत्रमा संविधान संशोधन, नागरिकतासहितका विषयमा जोड दिइएको छ ।
घोषणापत्रमा पहिचानसहितको संघीयता, नागरिकताको सुनिश्चितता, समावेशिताजस्ता विषय समेटिएको छ ।