Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लेखा समिति सभापति ऋषिकेश पोख्रेललाई पितृशोक



विराटनगर। संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति तथा नेकपा (एमाले)का नेता ऋषिकेश पोख्रेललाई पितृशोक परेको छ।

उनका पिता ८८ वर्षीय रामचन्द्र पोख्रेलको बुधबार साँझ ६:०९ बजे विराटनगर महानगरपालिका–८ स्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पारिवारिक जानकारीअनुसार पोख्रेलको अन्त्येष्टि बिहीबार बिहान ११:३० बजे विराटनगरको सिंघिया घाटमा गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार