Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरस्वती पूजाको अवसरमा मदरल्याण्ड एकेडेमीमा भजन किर्तन प्रतियोगिता



विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकेडेमीले सरस्वती पूजाको अवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ ।

स्कुल प्राङ्गणमा सोमबार राति सम्पन्न भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आम समुहले जितेको छ । त्यस्तै पञ्चेश्वर भजन कीर्तन मण्डलीले दोस्रो तथा लक्ष्मीनारायण भजन मण्डली तेस्रो भयो । विजेताले २१ हजार, दोस्रो हुनेले नगद १६ हजार र तस्रो हुनेले १० हजार रुपैयाँ नगद सहित पुरस्कार पाएका थिए । भजन किर्तन प्रतयोगितमा चौथौदेखि छैठो स्थानसम्म हुनेलाई सान्त्वना पुरस्कार नगद ४ हजार तथा सहभागि अरु सबै समूहलाई ३ हजार नगद पुरस्कार दिएको प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।

भजन किर्तन प्रतयोगितको निर्णायकमा माधव शरण घिमिरे, सत्यनारायण चौधरी र मणिराज दाहाल रहेका थिए । भजन किर्तन प्रतयोगितमा विराटनगरका ३२ वटा भजन किर्तन समूह सहभागी थिए । सोही अवसरमा जेष्ठ नागरिक सम्मान तथा स्कुलका शिक्षक, कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

कार्यत्रबmममा सांस्कृतिक कार्यक्रम नृत्य, गायन, तेक्वान्दो , परेड सो, र्याम्प वकलगायतले उपस्थि अतिथि तथा अभिभावकलाई थप मनोरञ्जन प्रदान गरेको थियो । विजेतालाई कोशी प्रदेशका सांसद भीम पराजुली, स्कुल व्यवस्थापन समितकी अध्यक्ष गिता गौतम र स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार