Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

खो खो खेलमा नेपालको ऐतिहासिक सफलता : महिला टोली विश्वकपको फाइलनमा प्रवेश



काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा महिला टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले आज (शनिबार) पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाइनलको यात्र तय गर्न सफल भएको छ ।

नयाँ दिल्ली स्थित ईन्दिरा गान्धी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९- १८ ले हरायो । नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ ।

नेपालको कुनै पनि टोली कुनै पनि खेलको विश्वकपमा फाइनलमा पुगेको यो पहिलो पटक हो । नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकप खेलेर अपराजित रहँदै फाइनल नै पुग्नु नेपाली खेलकुदकै ऐतिहासिक क्षण हो ।

प्रतियोगितामा ६ खेल जित्दै नेपालको महिला टोली अपराजित रहँदै फाईनल पुगेको हो । खो खो विश्वकपमै पुरुषतर्फ नेपालले आजै सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार