Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पुन विशेष महाधिवेशनको पक्षमा



काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको माग गरेका छन् । जारी केन्द्रीय कमिटी बैठकमा उनले पार्टीको अभियान सकेर आगामी मंसिरसम्ममा विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखे ।

पार्टी रुपान्तरणको लागि विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेपनि नेतृत्वमा प्रचण्डको विकल्प तयार भइनसकेको उनको भनाइ थियो । माओवादीमा विशेष महाधिवेशनको विषयमा मदभेद भइरहेको छ ।

यसअघि विशेष महाधिवेशनको प्रस्ताव गरेका अध्यक्ष प्रचण्डले अहिले ६ महिना पार्टी निर्माणको अभियान चलाएर नवौं महाधिवेशनमा जाने प्रस्ताव राखेका छन् । त्यसो त अर्का उपमहासचिव जनार्दन शर्मा पनि विशेष महाधिवेशनको पक्षमा छन् ।

विशेष महाधिवेशनबारे नेताहरूको मिश्रित धारणा आइरहेको हिजोको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार