Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्थाल जातिको चाडमा सार्वजनिक विदा दिन माग



विराटनगर । सन्थाल संरक्षण समितीले कोशी प्रदेश मार्फत सन्थाल जाती जातिको पर्व भाषा,लिपी,भेषभुसालाई राष्ट्रिय मान्यता दिन र सार्वजनिक विदा दिन माग गरेको छ । समितिले कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको हो ।

आज मोरङको जहदामा सोराय पर्वको अवसरमा आयोजित कार्यक्रममा समितिको तर्फबाट मन्त्री भण्डारीलाइ ज्ञापनपत्र बुझाइएको हो ।

नेपालमा कोशी प्रदेशको मोरङ, झापा र आंशिक रुपमा सुनसरीमा सन्थाल जातिको बसोबास रहेको छ । सन्थाल जातिको संख्या ५७ हजार ३ सय १० रहेको छ । सन्थाल जातिको प्रमुख पर्व पुस २५ गतेदेखि ६ दिनसम्म मनाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार