Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एनपिएल फाइनलको टिकट ‘सोल्ड आउट’



विराटनगर । भोलि हुने नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको टिकट केही घन्टामै सोल्ड आउट भएको छ।

हिजो बेलुकी टिकट खुलेकोमा केही घन्टामै सोल्ड आउट भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानले फाइनल खेलका लागि १० हजार बढी टिकट बेच्न राखिएको थियो । फाइनल खेलको टिकट मूल्य साधारणतर्फ ५ सय र भिआइपी एक हजार रुपैयाँ तोकिएको थियो।

फाइनलमा भोलि शनिबार मध्यान्ह सवा १२ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार