विराटनगर । कोरिया स्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सेमिनारमा भाग लिन विराटनगरका दुई युवा उद्यमीहरु पुगेका छन् ।
राजधानी सोल र बुसानमा हुने नेपालमा लगानी र व्यापारका अवसरहरु शीर्षकको सेमिनारमा भाग लिन विराटनगर युवा उद्यमीहरु प्रतिक राउत र प्रत्युश राउत कोरिया गएका हुन् । नेपाली दूतावासको आयोजनामा सोलमा हिजो सो कार्यक्रम भएको थियो भने भोलि बुसानमा सेमिनार हुँदै छ ।
सेमिनारमा भाग लिन उद्योग वाणिज्यमन्त्री दामोदर भण्डारीसहितको टोलीमा उनीहरु गएका हुन् । कार्यक्रमले नेपालमा लगानीका बढ्दो अवसरहरूलाई उजागर गर्ने विश्वास लिइएको छ । यही क्रममा नेपाल र कोरियाका व्यवसायी प्रतिनिधिहरूबीच व्यापार व्यवसाय (बिटूबी) बैठकहरूसमेत हुने छ ।