Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेप्सेमा उच्च गिरावट, १० अर्ब बढीको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार उच्च अंकले घटेको छ । नेप्से ५१.११ अंकले घटेर दुई हजार ७ सय २ दशमलव ६५ विन्दुमा आइपुगेको हो ।

बजार घटेपनि कारोबार रकम भने १० अर्ब नाघेको छ । आज १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २० कम्पनीको शेयरमूल्य बढ्दा २२४ को घट्यो भने एक कम्पनीको स्थिर रहेको छ ।

घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार