Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सेमिफाइनमा भारतमाथि नेपालकाे जित



विराटनगर । साफ उमन्स च्याम्पियनसिपकाे सेमिफाइनलमा नेपालले भारतलाइ पराजित गरेकाे छ । रेखा पौडेलले दुई वटा पहेँलो कार्ड पाएर कार्ड पाएर मैदान छोड्नु परेपछि १० गोलमा समेटिएको  पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा १ -१ को बराबरीमा सकिएपछी खेलको निर्णय पेनाल्टीबाट भएको हो ।

भारतका दुई खेलाडीको प्रहार नेपाली गोल किपर अन्जना मगरले रोकेकी थिइन् । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जित दिलाए । भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।

नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन ।

त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् । अब  फाइनलमा नेपाल र बंगलादेशबिच खेल हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार