काठमाडौं । एएफसी २० वर्षमुनीको एसियन कप छनोटमा आज नेपाल र उज्वेकिस्तानबिच खेल हुँदै छ । खेल न्यु ताइपेई सिटीमा नेपाली समय अनुसार दिउँसो ३ बजे शुरु हुनेछ ।
समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ ले हराएको थियो । उज्वेकिस्तानले आफ्नो पहिलो खेलमा कम्बोडियालाई ७ गोलले हराएको थियो ।
प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित कम्बोडिया, उज्वेकिस्तान, बहराइन र चाइनिज ताइपेई छन् । नेपालले पर्सि बहराइनसँग खेल्नेछ ।