Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

१०० को नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय



काठमाडौँ : नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ। यही वैशाख २० गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक सय रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको जानकारी दिइन्।

‘नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ १०० (एक सय) दरको नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १०० दरको बैङ्क नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने’, मन्त्रिपरिषद निर्णयमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार