विराटनगर : भोजपुर र खोटाङको सीमा जोडिएको मेरुङका वनमा अहिले गुराँस फुलेर जङ्गल राताम्मे भएको छ । सुन्दर मेरुङलाई गुराँस र चिमाल ढकमक्क फुलेर मनमोहक बनाएको छ ।
मुन्धुम ट्रेल पदमार्गको छेउमा पर्ने मेरुङमा पछिल्लो समय ढकमक्क फुलेका गुराँस र चिमालले पर्यटकलाई आकर्षण गरिरहेको छ ।
यस क्षेत्रका वनभरि लालीगुराँस र चिमाल फुलेका छन् । यो क्षेत्र केशी भाग भोजपुरको टेक्मेमैयुङ र खोटाङका केही पालिकामा पर्छ । स्थानीय पविहाङ राईका अनुसार मेरुङ खासगरी प्राकृतिकरुपले पानीको स्रोत भएको क्षेत्र हो ।
प्राकृतिक रुपले निकै सुन्दर रहेको यस क्षेत्र समुन्द्री सतहदेखि करिब तनि हजार मिटर उचाइमा रहेको छ ।








तस्बिर सौजन्य : इन्टरटेन्मेन्ट एमएमसी