Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वडा सदस्य खड्काद्वारा सेवा सुविधाबापतको रकम विद्यालयलाई सहयोग



विराटनगर : उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य प्रवेश खड्काले आफ्नो एक महिनाको सेवा सुविधाबापतको रकम विद्यालयलाई प्रदान गरेका छन् ।

खड्काले पञ्चकन्या माध्यमिक विद्यालय पात्लेबासलाई एक महिनामा आफूले पाउन दस हजार रुपैयाँ सहयोग गरेका हुन् ।

विद्यालयले लक्षित वर्गका विद्यार्थीका लागि स्थापना गरेको अक्षयकोषमा जम्मा हुनेगरी उक्त रकम सहयोग गरेको खड्काले जानकारी दिए ।

विद्यालयको ३७ औं बार्षिक अभिभावक भेलाको अवसरमा खड्काले सहयोग गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार