विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा जारी प्रथम चासोक तङ्नाम कप भलिबल प्रतियोगिताको उपाधि कादुपाडा युवा क्लबले जितेको छ ।
मंगलबार सम्पन्न फाइनलमा त्रिवेणी युवा क्लबलाई हराउँदै कादुपाडाले उपाधि हात पारेको हो ।
उपाधिसँगै उसले नगद १५ हजार नगद पुरस्कार र ट्रफी हात पारेको छ भने त्रिवेणीले १० हजार रुपैयासहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको बेस्ट लिफ्टर आकश ठटाल, बेस्ट स्पाइकर रमेश राजवंशी र बेस्ट ब्लकर अम्बिका कुमार खत्री घोषित भए । उनीहरु सबै कादुपाडाका खेलाडी हुन् ।
कोइलीडाँगी युवा क्लबको आयोजनामा पुस ८ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागीता रहेको थियो ।