विराटनगर : अर्जेनटिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले लिग्स कप २०२३ को उपाधि हात पारेको छ ।
शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो ।
निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । तर, टाइब्रेकरमा पनि खेल बराबरी भए पछि खेलको निर्णय सडन डेथबाट लिईएको थियो ।
खेलको २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई उपाधितर्फ लम्काए पनि खेलको ५७ औँ मिनेटमा नाशभिलका फाफा पिकाल्टले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकर हुँदै सडन डेथमा पुगेको थियो ।
सडन डेथमा मायमीले १०–९ ले हराएको हो ।