Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट सन्यास



विराटनगर : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटबाट सन्यास लिएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उनलेे क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

मल्लले अन्तर्राष्ट्रियसँगै घरेलु लिगसमेत नखेल्ने भएका छन् ।

ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

मल्ल सन् २००५ मा यू–१५ टोलीको सदस्य रहेका थिए ।

यसै समयमा उनी क्रमस यू–१७ र यू–१९ टोलीमा परेका थिए । ज्ञानेन्द्रले सन् २००६ मा खेलेका थिए ।

ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ रन बनाएका छन्  । त्यस्तै ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ८८३ रन बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार