रतुवामाई : मोरङको रतुवामाई नगरपालिकामा जारी यु-१२ फुटबल प्रतियोगिताको उपाधि न्यु शिवालय स्पोर्टिङ क्लबले हात पारेको छ ।
शुक्रबार रतुवामाई ६ स्थित कादुपाडामा भएको फाइनल खेलमा सुदर्शन क्लबलाई १-० गोलले पराजित गर्दै शिवालयले उपाधि जितेको हो ।
जितसँगै शिवालय स्पोर्टिङ क्लबले नगद १० हजार रुपैयाँसहित ट्रफी मेडल प्राप्त गर्दा सुदर्शनले ५ हजार रुपैयाँ पुरस्कार पाएको छ ।
कादुपाडा युवा क्लबको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ११ टिमले सहभागी जनाएका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच शिवालयका प्रमोद घोषित भए । यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डिङ, गोलकिपर, उत्कृष्ट खेलाडी र उत्कृष्ट कोचलाई पनि पुरस्कृत गरिएको छ ।