Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरोज र अंशुले जिते माध्यामिक विद्यालय स्तरीय खुल्ला म्याराथनको उपाधि



विराटनगर : नेपाल खेलकुद महासंघ मोरङको आयोजनामा माध्यामिक विद्यालय स्तरीय खुल्ला म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार विराटनगरको शहीद मैदानमा भएको प्रतियोगिताको उपाधि छात्रतर्फ सरोज सिंह र छात्रा तर्फको अंशु मण्डलले हात पारेकी छिन् ।

मदन भण्डारी स्मृति माध्यमिक विद्यालय स्तरीय खुला ‘क्यापिटल हाफ म्याराथुन’ मा छात्रतर्फ झापाको दमक बहुमुखी क्याम्पसका सरोज प्रथम भए । छात्रातर्फ प्रथम भएकी अंशु विराटनगरको आदर्श माविकी हुन् ।

प्रथम भएका उनीहरुले नगद १५१५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै छात्रातर्फ क्रमशः सुनसरीको धरान हिमालय मेघाका किरण लिम्बू द्वितीय, सिद्धार्थ पब्लिक हाइ स्कुलका प्रसान तामाङ तृतीय, अमर यादव चौथो र नवीन तामाङ पाँचौं भएका छन् । छात्रातर्फ विराटनगरकै आदर्श स्कुलकी अमृता राजवंशी द्वितीय, सुस्मिता बस्नेत तृतीय, अञ्जली मुखिया चौथो र अन्जु खवास पाँचौं भए।

छात्रा र छात्र दुवैतर्फ दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार, चौथोले ३ हजार र पाँचौ हुनेले नगद २ हजार पुरस्कार प्राप्त गरेका छन् ।

मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा १ सय ५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा मदन भण्डारी फाउण्डेसनका अध्यक्ष गुरु बराल, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, केन्द्रीय सदस्य सन्तोषी श्रेष्ठ, युवा व्यवसायी मनोजविक्रम शाह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार