Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा विद्यालय स्तरीय खुल्ला म्याराथन प्रतियोगिता हुने



विराटनगर : नेपाल खेलकुद महासंघ मोरङको आयोजनामा माध्यामिक विद्यालय स्तरीय खुल्ला म्याराथन प्रतियोगिता हुने भएको छ ।

महासंघले मदन भण्डारी को ७२ औं जन्मजयन्तीको अवसरमा असार ३० गते शनिबार प्रतियोगिता आयोजना गर्न लागेको हो ।

विराटनगरस्थित शहीद रंगशालामा हुने प्रतियोगितामा छात्र र छात्राको छुट्टाछुट्टै प्रतियोगित सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै दोस्रो पुरस्कार १० हजार, तेस्रो पुरस्कार ५ हजार, चौथो पुरस्कार ३ हजार र पाँचौ हुनेले नगद २ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

May be an image of text that says '"खेलकुद विकासका लागि स्थानीय तह देखि केन्द्र सम्म भौतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धि खेलकुद हाम्रो आधार" नेपाल खेलकुद महासंघ, मोरड मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला CAPITAL HALF MARATHON कि. मि. INTER जननेता मदन भण्डारी SCHOOL ७२ औं जन्म जयत्ती CAPITAL 30 असार २०t० 2080 HALF MARATHON नगद परस्कार प्रथम रु.१५,०००/- द्वितीय ૧০,०૦/- तृतिय: ሂ,०००/- चौथो ३,०००/- पाचौ २,०००/- खुल्ला छात्र/ छात्रा कि.मी. स्थान शहिद मैदान, विराटनगर मिति २०५० आषाढ ३० गते शनिवार समय विहान ६:३० बजे सम्पर्क मनोज खडका, ९६४२०३२१२६ अनिरुद्र कुमार चौधरी, ९७४९३४४७૬૬ आयोजक नेपाल खेलकुद महासंघ, मोरड'

प्रतिक्रिया
सम्बन्धित समाचार