Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने



काठमाडौँ : सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । दिवा खाजा कार्यक्रमका लागि आठ अर्ब ४५ करोड विनियोजन गरिएको छ ।

दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरिने भएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०\८१ को बजेट भाषणमा सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रममा जङ्क फुड दिन नपाइने व्यवस्था गरिने बताएका हुन्।

उनले स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने बताएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार