Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनकुटामा आजबाट भीमनारायण गोल्डकप



धनकुटाको टुँडिखेल मैदान । तस्बिर : पूर्वेलीप्रेस

विराटनगर : आजबाट धनकुटामा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन टुँडिखेल मैदानमा दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्धाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गर्नेछन् । प्रतियोगिता उद्घाटन समारोह पश्चात दिउँसो ३ बजेबाट खेल सुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए ।

उद्घाटन खेलमा आयोजक टिम धनकुटा र पेमा युवा क्लव विराटनगरबीच खेल हुदैछ । सहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि आठ टिम भिड्दैछन् ।

भारतको सिलगुडीस्थित कञ्चनजंगा फुटवल क्लव, प्लानिङ ब्वाईज क्लब काठमाण्डौ, राष्ट्रिय जागृती फुटवल क्लव सुनसरी, झापा फुटवल क्लव, एपीएफ काठमाण्डौ र विरगञ्ज युनार्यटेड पनि प्रतियोगितामा सहभागि छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउँने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार