विराटनगर : गिरिजाप्रसाद कोइराला स्मृतिको अवसरमा विराटनगरमा जारी चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अन्तरगत शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् ।
विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३–१ गोलमा पराजित गरेको हो । सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले समान १–१ गोल गरेका थिए । एक मात्र सान्तवना गोल कोसीका लागि बिसु घिमिरेले गरे ।
यस्तै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कर्णाली प्रदेशलाई ७–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । पुलिसका रोहित लामाले २, सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान १–१ गोल गरे ।
शनिबार लिग चरणको समिकरण पूरा हुनेछ । पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।