विराटनगर : नेपाली क्रिकेट खेलाडी ललित राजवंशी र दीपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । उनीहरुलाई महानगरले नगद १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
नेपाललाई एक दिवसीय विश्वकप प्रतियोगिताको छनोट खेलसम्म र्पुयाउन योगदान गरेको भन्दै उनीहरुलाई बिहीबार विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न सातौँ संस्करणको विरोट गोल्डकपको फाइनलका अवसरलाई महानगरले सम्मान गरेको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गराउन ललितले उत्कृष्ट प्रदर्शन गरेका थिए भने युएईमा सम्पन्न युथ–१९ विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलमा युएईविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएर नेपाललाई ८ वर्षपछि यू–१९ विश्वकपमा पु¥याउन कडेँल सफल भएका थिए ।
कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दोसल्ला ओढाएर राजवंशी र कँडेललाई जनही १ लाख १ हजार राशिसहित सम्मानपत्र प्रदान गरेका थिए ।