Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संकटालाई सडनडेथमा हराउँदै भारतीय लुका सकर विराट गोल्डकपको सेमिफाइनलमा



विराटनगर : विराटनगरस्थित शहिद रंगशालामा जारी सातौँ संस्करणको विराट गोल्डकपको पहिलो चरणको अन्तिम खेलमा भारतीय लुका सकर क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार साँझ भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि सडनडेथमा संकटा क्लबमाथि ८–७ गोलअन्तरको नतिजा निकाल्दै लुका सकर सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटको खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुट आउटमा पनि ५–५ गोल भएको थियो । पेनाल्टीमा पनि बराबर भएपछि खेल सडनडेथमा धकेलियो ।

पेनाल्टीमा संकटाका जुनियर, कुलदिप कार्की, सुरज जिंग ठकुरी, चन्दन दास र दिपक घिसिङ्गले गोल गरे भने लुका सकरका चाल्स, रफि, कप्तान अर्सद, क्यामदिन र जुनियर पलले गोल गरेका थिए ।

सडनडेथमा लुकाका एन्ड्र एफिया, फहिजान र अबुलालाले गोल गर्दा संकटाका अनिष महर्जनको प्रहार गोलकिपर शानफिरले उत्कृष्ट बचाउदै गर्दै खेल जिताए । सडनडेथमा संकटाका नेल्सन र रोशन पहारीले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच घोषित भएका लुका सकरका गोलकिपर महोमद सनफिरले नगद ११ हजार प्राप्त गरेका छन् ।

फाइनल प्रवेशमा लागि अब लुका सकरले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नुपर्नेछ । एपीएफ विराट गोल्डकपको साविक विजेता हो ।

प्रतियोगिातको पहिलो सेमिफाइनल खेल भोलि घरेलु टोली विराटनगर सिटी एफसी र जावलाखेल युथ क्लबबीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार