Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको सगरमाथा युथ क्लबले जित्यो इटहरी गोल्डकपको उपाधि



विराटनगर : मोरङको सगरमाथा युथ क्लबले १३ औं संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ । शनिबार इटहरी रंगशालामा सम्पन्न फाइनल खेलमा चर्च व्बाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउँदै सगरमाथा लगातार दोस्रो पटक उपाधि विजेता बेनको हो ।

पेनाल्टीमा चर्च व्बाईज सगरमाथासँग ६–५ गोलले स्तब्ध बनेको हो ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा चर्च ब्वाईजका मनोज राईको प्रहार बाहिरिएपछि सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो ।

यसअघि १२ औ संस्करणमा त्रिभुवन आर्मीलाई हराउँदै सगरमाथाले उपाधि जितेको थियो ।

सगरमाथाका अभिषेक लिम्बु, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, महिन्द्र कार्की र विवेक बर्माले गोल गरे । चर्च ब्वाईजका लागि मनोजबाहेक फ्रेकलिंग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, विदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसो गोल गरे ।

उपाधिसँगै सगरमागा युथ क्लबले नगद रु १० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको चर्च ब्वाईजले ५ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित भए । उनले नगद रु १ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै प्रतियोतिगाका सर्वाधिक गोलकर्ता मछिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पाएका छन् । उनले प्रतियोगिताभर ५ गोल गरेका थिए ।

यस्तै सगरमाथाका देब लिम्बु बेस्ट गोलकिपर, विशाल बस्नेत बेस्ट डिफेण्डर, स्टेफिन बिनोंग बेस्ट फरवार्ड र याम गुरुङ बेस्ट कोच घोषित भए । चर्च ब्वाइजका मौसम लिम्बु बेस्ट मिडफिल्डर र म्यानअफ द फाइनल घोषित भए । उनीहरुले जनही नगद २० हजार पाएका छन् ।

गत चैत्र ४ बाट सुरु भएको प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार