Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरले क्रिकेटर ललित र दिपेशलाई एक लाख एक हजार दिने



विराटनगर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशी र अन्डर १९ का खेलाडी दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले एक लाख एक हजार रुपैयाँ दिने भएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा ११ खेल जितेर क्वालिफायरमा नेपाली टोली छनोट हुंदा राजवंशीले महत्वपूर्ण योगदान गरेको र यु–१९ टिमलाई पनि क्वालिफायरमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै महानगरपालिकाले सम्मान गर्ने निर्णय गरेको हो ।

अण्डर– १९ टोलीलाई विश्वकप छनोटमा पुर्याउन कँडेलले ह्याट्रिक गरेका थिए । विराटनगर महानगरका मेयर नागेश कोइरालाको सचिवालयका अनुसार उनीहरुलाई एक लाख एक हजार नगदसहित सम्मान गर्ने निर्णय भएको छ ।

उनीहरु दुवै जना विराटनगरका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार